Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चिकित्सकहरूको आन्दोलन फिर्ता !

चिकित्सकहरूको आन्दोलन फिर्ता !

  • काठमाडौं । उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बेलुका सरकारसँग वार्ता गर्दै चिकित्सकहरूले सबै किसिमका आन्दोलन आजैदेखि स्थगत गरी सबै नियमित सेवा सुचारु गर्ने सहमति गरेका हुन् ।

    AGNI GROUP

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफल बमोजिम चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।

    चिकित्सकहरू उपचारमा लापरवाही गरेको जाहेरीमा फैसला गर्दै उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि आन्दोलनमा उत्रिएका थिए ।

    सरकारले आन्दोलनरत चिकित्सक सङ्घ तथा विभिन्न सङ्घसंस्थाका मागहरूको यथोचित सम्बोधन गर्न विद्यमान कानुनी एवम् नीतिगत व्यवस्था संशोधन लगायत विषयमा सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न एक कार्यदल गठन गरिएको जनाएको छ ।

    उपभोक्ता संरक्षण ऐन, २०७५ लगायत कानुनी व्यवस्था फास्टट्रयाकबाट संशोधन गर्ने सरकारले जनाएको छ । उपभोक्ता अदालतले ओम अस्पताल, ग्रान्डी सिटी क्लिनिक र हिमाल अस्पताललाई क्षतिपूर्ति तिराउनेगरी गरेको फैसलाविरुद्ध चिकित्सकहरूले आन्दोलन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट