Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उद्धार कार्यलाई अझ व्यवस्थित बनाउन सरकारलाई कांग्रेसको ध्यानाकर्षण

उद्धार कार्यलाई अझ व्यवस्थित बनाउन सरकारलाई कांग्रेसको ध्यानाकर्षण

  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीपछि उद्धार कार्यलाई अझ व्यवस्थित बनाउन सरकारसँग माग गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै ३ प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हो ।

    AGNI GROUP

    विज्ञप्तिमा भनिएको छ, ‘वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गर्दै/स्मरण गराउँदै नेपाली कांग्रेस ऐक्यबद्ध ढङ्गले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गर्दछ ।’

    कांग्रेसले नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपिल गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij