Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

कांग्रेसले किन्यो १३ करोडको जग्गा

कांग्रेसले किन्यो १३ करोडको जग्गा

  • काठमाडौं । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयसँगै जोडिएको १९ आना जग्गा खरिद गर्ने सम्झौता गरेको छ । पार्टी कार्यालय विस्तार गर्न १३ करोडमा जग्गा किन्ने सम्झौता गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    images
    images
    images

    ‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टि रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    images

    ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको जग्गा कांग्रेसले १३ करोडमा किन्ने निर्णय गरेको उनले बताए ।

    कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना सहित सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij