Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

पक्राउ

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

  • काठमाडौं । रौतहट प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकम सहित एक जनालाई पक्राउ  गरेको छ ।

    images
    images
    images

    गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा विभिन्न सावारी र पैदल यात्रीहरुलाई रोकी जाँच गर्ने क्रममा  युवकलाई  पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा गौर–१ ट्रान्सफर्मर चोकका ३० वर्षीय मोहम्मद करमान रहेको प्रहरीले जानकारी दिएको छ ।

    भारतको बैरगनियाबाट नेपाल आउने क्रममा करमानले चलाएको बिआर ०५ एई ७०५ नम्बरको मोटरसाइकल रोकी चेक गर्दा सिट मुनि र हेल्मेटमा लुकाई राखेको अवस्थामा उक्त रकम फेला परेको रौतहट प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए ।

    उनका अनुसार १० लाख चार हजार पाँच सय नेपाली रुपैयाँ बरामद भएको हो । स्रोत नखुलेको रकमको बारेमा थप अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij