Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्रीको सचिवालय

डा.श्रेष्ठले गृहमन्त्री लेखकलाई आफ्ना समस्या सुनाए

डा.श्रेष्ठले गृहमन्त्री लेखकलाई आफ्ना समस्या सुनाए

डाक्टर श्रेष्ठले परिवार सहित गएर मन्त्री लेखकलाई मन्त्री क्वार्टर भैँसेपाटीमा भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

  • काठमाडौं । रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहानै डाक्टर श्रेष्ठले परिवार सहित गएर मन्त्री लेखकलाई मन्त्री क्वार्टर भैँसेपाटीमा भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    AGNI GROUP

    भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोग बारे गुनासो पोखेका थिए। सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि सामना गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका थिए।

    डाक्टर श्रेष्ठले आफ्ना समस्याका बारेमा गृहमन्त्रालयले चाँसो राखिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए। उनले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहान देखि सम्पर्क विहीन भएका थिए।

    सोमबार सामाजिक संजालमा अलबिदा लेखेर सम्पर्क विहीन भएका उनलाई गृहमन्त्रालयको विज्ञको टोली र प्रहरीले बालाजु क्षेत्रबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको थियो।

    दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौंडा सरुवा भएका थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij