
Jun 12 2025 | २०८२, जेठ २९ गते
काठमाडौं । मधेश प्रदेशमा आज सदगुरु कबीरको ६२७औं जयन्तीमा सार्वजनिक बिदा दिइएको छ ।
मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा दिएको हो । गत वर्ष उनका अनुयायीहरूले सदगुरु प्रकाटय दिवसमा सार्वजनिक विदाको मागसहित सरकारी निकायमा ज्ञापनपत्र बुझाएको थियो ।
कबीर धर्मालम्बीको संख्या नेपालमा २० लाख रहेको भन्दै उनीहरूले धर्मलाई जनगणनामा समावेश गराउन सरकारसमक्ष माग गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij