
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौं । कर्णाली सरकारले ११८ वटा बुँदामा आगामी आर्थिक वर्ष ९०८२/०८३० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कतिपय विषय विगतकै निरन्तरताका रूपमा आएका छन् भने नयाँ कार्यक्रम निकै न्यून छन् ।
विगतकै नीति तथा कार्यक्रम लाई आकर्षक तरिकाले फरक–फरक बुँदामा समावेश गरिएको छ । कतिपय एउटै बुँदामा समेटिन सक्ने नीति, कार्यक्रम व्याख्यात्मक तरिकाले नारा भर्दै धेरै बुँदामा छर्ने काम भएको छ ।
कृषि सम्बन्धी अधिकांश नीति तथा कार्यक्रम निकै छरिएर ल्याइएको छ । त्यसमा पनि अधिकांशलाई विभिन्न खाले नाराले रङ्ग्याइएको नेकपा एकीकृत समाजवादीका सांसद कल्याणी खड्काको भनाइ छ ।
कृषिमा मात्रै १५ वटाभन्दा बढी बुँदा समावेश छन्, जसमा कतिपय बुँदामा उल्लेखित कार्यक्रमका उद्देश्य तात्विक रूपमा भिन्न देखिँदैन । कृषि सम्बन्धी नयाँ कार्यक्रमका रूपमा ‘जुम्लामा स्याउ विकास बोर्ड स्थापना’ अघि सारिएको छ । उक्त कार्यक्रमको धेरैले प्रशंसा गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij