Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

सुनसहित नागढुङ्गाबाट एक जना पक्राउ

सुनसहित नागढुङ्गाबाट एक जना पक्राउ

  • काठमाडौं । नागढुङ्गाबाट सुनसहित एक जना पक्राउ परेका छन् । आज शुक्रबार बिहान १० बजे नागढुङ्गास्थित चेक प्वाइन्टबाट साढे ४५ लाख रुपैयाँ बढीको सुनसहि भारतीय नागरिक पक्राउ परेका हुन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा भारतको वेस्ट बङ्गाल घर बताउने अन्दाजी ३१ वर्षीय महादेव सामन्तल छन् ।

    images

    उनी काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बाप्र ०३–००१ ख ३१३९ नम्बरको यात्रुवाहक बसमा सवार थिए ।

    प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले नागढुङ्गा चेक प्वाइन्टमा बस चेकजाँच गर्दा उनीसँग सुन भेटिएको हो ।

    प्रहरीका अनुसार उनीबाट २७४.८३ ग्राम सुन बरामद भएको छ । हालको बजार भाउअनुसार उक्त परिमाणको सुनको मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ ।

    images

    पक्राउ परेका उनलाई बरामद सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij