Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’

नबिल बैंकलाई ‘द बैंकर्स टेक्नोलोजी अवार्ड’

नबिल बैंकलाई ‘द बैंकर्स टेक्नोलोजी अवार्ड’

  • काठमाडौं । नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ। बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।

    images
    images
    images

    विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।

    images

    ‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,‘ उनले भने । नबिल बैंकले आफ्नो स्थापनाकाल देखि नै प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै ज्ञवालीले भने, ‘नबिलले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग गर्दै नयाँ आयाम थप्दै सेवाग्राहीलाई सुविधा सम्पन्न सेवा दिँदै आएको छ ।‘
    बैंकले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ ।

    कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij