Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बसमाथि ढुंगा प्रहार

विद्यार्थी बोकेर गएको बसमाथि ढुंगा प्रहार,३ जना पक्राउ

विद्यार्थी बोकेर गएको बसमाथि ढुंगा प्रहार,३ जना पक्राउ

ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीका विद्यार्थी बोकेर गएको बा १ प ९११६ नम्बरको बसमाथि ढुंगा प्रहार भएको हो ।

  • काठमाडौं । पोखरामा विद्यार्थी सवार बसमाथि ढुंगा प्रहार भएको छ । उक्त प्रहारबाट ५ जना विद्यार्थी घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीका विद्यार्थी बोकेर गएको बा १ प ९११६ नम्बरको बसमाथि ढुंगा प्रहार भएको हो ।

    AGNI GROUP

    पोखराबाट काठमाडौंबाट फर्किंदै गर्दा आइतबार राति साढे ११ बजे पोखरा महानगरपालिका-१४ चाउथे बिजयपुलमा बसमाथि ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

    उनका अनुसार उक्त बसमा ३३ जना विद्यार्थी सवार थिए । बस रोकिरहेको ठाउँमा ५/६ जना व्यक्तिले ढुंगा प्रहार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

    घाइतेहरूको अन्नपूर्ण अस्पताल पोखरा उपचार गरेर उपत्यका पठाइसकेको उनले जानकारी दिए ।  

    'सवारी साधन बन्द भएकाले मदिरा सेवन गरेर ढुंगा प्रहार गरेको अनुसन्धानमा खुलेको छ,' डिएसपी बस्नेतले भने, 'ढुंगा प्रहार गर्ने ३ जनालाई पक्राउ गरेका छौं ।'

    चितवन घर भएका चालक ४८ वर्षीय तिलकबहादुर थापा मगर, बारा घर भएका सहचाल ३० वर्षीय मानप्रसाद खरेल र गोर्खाको पालुङटार घर भई ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टा पक्राउ परेका हुन् ।

    उनीहरूलाई अपराधिक उपद्रव गर्न नहुने कसूरमा ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij