Logo

Jun 03 2025 | २०८२, जेठ २० गते

Jun 03 2025 | २०८२, जेठ २० गते

सिडिओसहित ६ सहसचिवको सरुवा

सिडिओसहित ६ सहसचिवको सरुवा

  • काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ६ सहसचिवको सरुवा गरेको छ ।

    images
    images
    images

    बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ । बर्दिया मन्त्रालयको अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई खटाइएको छ ।

    images

    कास्कीका सिडिओ भरतमणि पाण्डेलाई गृहमा तानिएको छ । धनुषाका सिडिओ रामु राज कडरियालाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयको अतिरिक्त समूहमा रहेका शंकरहरि आचार्यलाई धनुषा खटाइएको छ ।

    पाँचथर सहसचिव अरुण पोखरेललाई सिडिओ बनाएर खटाइएको छ । पाँचथरका विष्णु प्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतका रुपमा खटइएपछि उक्त स्थानमा पोखरेललाई खटाइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij