Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

देउवालाई लिएर बालुवाटार पुगे गृहमन्त्री लेखक

देउवालाई लिएर बालुवाटार पुगे गृहमन्त्री लेखक

  • काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि नैतिक संटकमा परेका गृहमन्त्री रमेश लेखक कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर बालुवाटारामा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न देउवा र लेखक बालुवाटार पुगेका हुन् ।

    images
    images
    images

    प्रमुख प्रतिपक्षलगायत विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरेपछि सो विषयमा छलफल गर्न देउवा र लेखक प्रधानमन्त्री निवास पुगेका हुन् ।

    images

    मंगलबार संसद बैठकमा विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध पारेका थिए ।

    उनीहरुले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरुद्ध पर्ने चेतावनी दिएका छन् । आज पनि संसद बैठक बस्दैछ । तर प्रतिपक्ष दलले अवरोध पार्ने सम्भावना छ । सरकारले बिहीकार बजेट सार्वजनिक गर्दैछ ।

    बिहीबार बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यतामा रहेको सरकारले प्रतिपक्ष दललाई कसरी विश्वासमा लिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij