Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चाँदीका गरगहनासहित एक जना पक्राउ

चाँदीका गरगहनासहित एक जना पक्राउ

  • काठमाडौं । १२  किलोग्राम भन्दा बढी चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका ३२ वर्षीय अनिश कुमार सिंह रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज बाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१-००३ ख ३७०९ नं. को बसमा चेकजाँचका क्रममा सहचालक  सिंहले बसमा लुकाई छिपाई ल्याएको  १२.१७६ किलोग्राम चाँदीसहित सोमबार बिहान पक्राउ गरेको  हो । 

    AGNI GROUP

    उनको साथबाट चाँदी जस्तो देखिने धातुबाट बनेका बिल बीजक नभएका सिक्री, चन्द्रमा, पाउजु लगायतका १२.१७६ किलोग्राम तौल भएका गरगहना  फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिए ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij