Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्से परिसूचक घट्यो, सात अर्ब ५८ करोडको कारोबार

नेप्से परिसूचक घट्यो, सात अर्ब ५८ करोडको कारोबार

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक पाँच दशमलव २१ अङ्कले घटेर दुई हजार ६७४ दशमलव ७६ को विन्दुमा कायम भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आज ३३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर ६९ हजार ६५१ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५८ करोड ५० लाख २२ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    AGNI GROUP

    आजको कारोबारमा बैङ्किङ समूह शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव २७, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव ९१, जलविद्युत् शून्य दशमलव ०६ र लगानी समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ ।

    त्यस्तै, जीवन बीमा शून्य दशमलव २०, लघुवित्त एक दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा शून्य दशमलव ३२, व्यापार शून्य दशमलव १३ र अन्य समूह शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।

    ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रु ६४ करोड ३१ लाख ५० हजार ९०० बराबरको सेयर किनबेच भएको छ ।

    कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १४ लाख ८९ हजार ३०२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij