
May 28 2025 | २०८२, जेठ १४ गते
काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ । सोमबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक दिनको १२ बजे बस्ने भएको छ । बैठकमा बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिने कार्यसूची रहेको छ ।
यस्तै, आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्दै छ । सिंहदरबारमा बस्ने बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरिने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij