Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लागुऔषध

लागुऔषध,नगदसहित ४ युवक पक्राउ

लागुऔषध,नगदसहित ४ युवक पक्राउ

उनीहरुबाट १०६७ थान ट्रामाडोल र १९ हजार ५ सय नगद बरामद

  • काठमाडौं । प्रतिबन्धित लागुऔषध ट्रामाडोल र नगदसहित प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा सिन्धुली, गोलञ्जोर– २ घर भई काठमाडौं, बूढानीलकण्ठ– ४ का २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे, धुलिखेल– २ घर भई टेकु बस्ने २३ वर्षीय को रविन श्रेष्ठ, नुवाकोट– तारकेश्वर– ४ घर भई टेकु बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ, त्रिपुरासुन्दरी– ४ घर भई टेकु बस्ने २५ वर्षीय विजय आले मगर छन् ।

    AGNI GROUP

    उनीहरुबाट १०६७ थान ट्रामाडोल र १९ हजार ५ सय नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए ।

    बल्खुमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बल्खु सडक खण्डमा शङ्कास्पद तवरले हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए ।

    काठमाडौं जिल्ला अदालतबाट दिन ६  को म्याद थप भइ थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij