Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आईपीएल

शनिबारदेखि पुनः सुरु हुँदै स्थगित आईपीएल

शनिबारदेखि पुनः सुरु हुँदै स्थगित आईपीएल

गत हप्ता युद्धविरामका लागि भएको सफल कूटनीतिक पहलपछि पुनः लिग सञ्चालन गर्ने निर्णय गरिएको हो ।

  • काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु हुने भएको छ । गत हप्ता युद्धविरामका लागि भएको सफल कूटनीतिक पहलपछि पुनः लिग सञ्चालन गर्ने निर्णय गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ ।

    AGNI GROUP

    साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरु हुने जनाइएको छ ।

    क्वालिफायर १ जेठ १५ गते (मे २९) र इलिमिनेटर जेठ १६ गते (मे ३०) मा हुनेछ । त्यस्तै, क्वालिफायर २ जेठ १८ गते (जुन १) मा हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij