
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । एमाले भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा वीरेन्द्र घिमिरे चयन भएका छन् ।
शनिवार विराटनगर स्थित पार्टी कार्यालय पाञ्चालीमा सम्पन्न जिल्ला स्तरीय बृहत् विद्यार्थी भेलाबाट घिमिरे अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए ।
अनेरास्ववियुको उपाध्यक्षमा नवीन पहाडी, सागर थापा, संगम कन्दङवा, एलिस ओझा चयन भएका छन् । यस्तै सचिवमा मनोज लामा कार्की चयन भएका छन् ।
त्यस्तै, सहसचिवमा विप्लव पोखरेल, प्रीति दाहाल, गौरी बस्नेत, छवि श्रेष्ठ र कोषाध्यक्षमा प्रवीण खतिवडा चयन भएको भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij