Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

मोतीहारीमा ४ जना चिनीया नागरिक पक्राउ

मोतीहारीमा ४ जना चिनीया नागरिक पक्राउ

भारत बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनीया नागरिक पक्राउ परेका छन्।

  • काठमाडौं । भारत पाकिस्तान बीच युद्ध हुने जस्तो तनावग्रस्त अवस्थामा भारत बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनीया नागरिक पक्राउ परेका छन्।

    images
    images
    images

    मोतीहारी जिल्ला अन्तर्गत हरैया थाना क्षेत्रको नेपाल भारत सीमामा रहेको मितेरी पुल हुँदै भारत प्रवेश गरेका ४ जना चिनीया नागरिक लाई बुधवार भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो। 

    images

    भारतीय सीमा सुरक्षा बल एसएसबी र मोतिहारी पुलिसले बिना भिसा  अवैध रूपमा भारतीय क्षेत्रबाट चारैजना चिनीया नागरिक लाई पक्राउ गरेको एसपी प्रभातले बताए । भारतिय क्षेत्रमा प्रवेश गर्दैगर्दा पक्राउ परेका चिनीया नागरिक माथी हरैया थानामा (प्राथमिकी) एफआईआर दर्ता गरी अनुसन्धान तथा कार्वाही शुरू गरिएको एसपी प्रभातले जानकारी दिएका छन्।

    चारैजना नेपाल सीमाबाट अवैध रूपमा भारत प्रवेश  गरिरहेका थिए। पक्राउ परेका मध्ये एकजना महिला पनि छिन्। उक्त महिलाले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेकी भारतीय प्रहरीले जनाएको छ। हाल उनीहरू मोतीहारी प्रहरीको नियन्त्रणमा लिएर सुरक्षा एजेन्सीहरूले सोधपुछ गरिरहेका छन्।

    चारैजना भारतीय नागरिकलाई आज जिल्ला अदालत मोतीहारीमा उपस्थित गराइने भारतीय प्रहरीको योजना रहेको छ। पक्राउ परेकी महिलाले आफूलाई नेपालको नागरिक भएको दाबी गर्दै हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्ने गरेकी प्रहरीको भनाई छ। उक्त महिलासँग पाकिस्तानी नम्बरहरू फेला परेकाले महिलाको सम्बन्ध पाकिस्तानसँग हुनसक्ने भारतीय प्रहरीको अनुमान छ।

    images

    ती चारैजना चिनियाँ नागरिक एक हप्तादेखि नेपालको राजधानी काठमाडौँमा बसेर बुधवार किन अवैध रूपमा भारत प्रवेश गर्न खोजेको हो अनुसन्धानको बिषय रहेको भन्दै भारतीय सुरक्षा एजेन्सीले बिशेष रुपमा सोधपुछ गरिरहेको बुझिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij