Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

३० केजी गाँजासहित एक महिला पक्राउ

३० केजी गाँजासहित एक महिला पक्राउ

  • काठमाडौं । मकवानपुर प्रहरीले साेमबार लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेकाे छ ।

    images
    images
    images

    ३० किलो गाँजासहित राप्ती नगरपालिका–८ खुरखुरे चितवन बस्ने ३० वर्षीया लालमाया तामाङलाई हेटौंडा–१० बसपार्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    images

    हेटौँडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज. ९७४ नम्बरको ईभी गाडीमा सवार भई आएकी तामाङको साथबाट उक्त गाँजा बरामद गरिएको हो ।

    गाडीको छतमा राखिएको जेब्रा झोलाभित्र राखिएको तीन वटा पाकेटामा ३० किलो गाँजा फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij