Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

मृत्यु हुनेमा २९ वर्षीय नगेन्द्र बहादुर माझी रहेका छन् ।

  • काठमाडौँ । दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीय नगेन्द्र बहादुर माझी रहेका छन् ।

    images
    images
    images

    विद्युत् कार्यालयको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै सोमबार मृतकका आफन्त तथा स्थानीयले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।

    मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध गर्दा यातायातका साधनहरू राकममै रोकिएका छन् । पीडित पक्षसँग प्रहरीले छलफल गरिरहेको छ । पीडितहरूले उचित क्षतिपूर्ति नदिएसम्म अवरुद्ध सडक नखुलाउने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij