
May 05 2025 | २०८२, वैशाख २२ गते
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij