
Apr 29 2025 | २०८२, वैशाख १६ गते
ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम भएको उलान उदे शहरका नगर प्रमुख आफ्नो प्रतिनिधिमण्डल सहित आएका हुन् ।
काठमाडौँ । रसियाको उलान उदे शहरका नगर प्रमुख इगोर सुतेनकोभ ललितपुर आएका छन् । ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम भएको उलान उदे शहरका नगर प्रमुख आफ्नो प्रतिनिधिमण्डल सहित आएका हुन् ।
उनलाई मंगलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरे ।
ललितपुर महानगरका प्रमुख महर्जनले भगिनी सम्बन्ध कायम गर्न झण्डै डेढ महिनाअघि उलान उदे शहर पुगेको स्मरण गर्दै दुई शहरले एक अर्कासँग प्रशस्तै असल अभ्यासहरू आदान प्रदान गर्न सक्ने बताए । उनले भने,कला संस्कृति र सम्पदाको क्षेत्रमा हाम्रो असल अभ्यास उलान उदेले सिक्न सक्छ , ‘हामीले प्रविधि शिक्षालगायतका क्षेत्रमा थुप्रै कुरा सिक्न सक्छौं ।’ डेढ महिनाअघि ललितपुर महानगर प्रमुख महर्जन आफ्नो प्रतिनिधिमण्डल सहित रसिया गएका थिए ।
उलान उदे सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्ध महत्वपूर्ण उपलब्धि भएको बताउँदै दुई शहरबीचका जनताको समृद्धि र उन्नतिका लागि यो सम्बन्ध ऐतिहासिक भएको प्रष्ट पारे ।
महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाल एक पटक मात्रै आएर नपुग्ने बताउँदै नेपाल पटक पटक आउन अनुरोध गरे । ललितपुर महानगर प्रमुख महर्जनले सम्पूर्ण ललितपुर महानगरबासीको प्रतिनिधित्व गर्दै रसियाको उदान उदे शहरका नगर प्रमुख र उनको प्रतिनिधिमण्डललाई ललितपुरमा स्वागत गर्न पाउँदा औधी खुशी लागेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij