Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कैदीबन्दी

कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम

कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम

कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु

  • काठमाडौं । मुस्ताङ जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास,  आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।

    images
    images
    images

    पर्यटन तथा उद्योग कार्यालयको आार्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनीले जानकारी दिनुभयो । कारागार भित्र कुल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्र्रमुख सहनीले बताउनुभयो ।

    कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षक सहित सिलाईकटाइ सम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले  जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा तालिमको आज उद्घाटन गर्नुभयो  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij