Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

सडकमै रगत दिन थाले शिक्षक

सडकमै रगत दिन थाले शिक्षक

  • काठमाडौं । २३ दिनदेखि आन्दोलनरत शिक्षक/कर्मचारीहरूले सडकमै रगत दिन थालेका छन् । नेपाल शिक्षक महासंघको आयोजनामा आज(बिहिबार) बरबरमहलमा रक्तदान गर्न थालेका हुन् । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तादान भइरहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

    images
    images
    images

    दिउँसो २ बजेपछि रक्तदान गर्ने भनिए पनि आन्दोलनमा शिक्षकहरु थाक्ने हुनाले पहिले रक्तदान गरेर आन्दोलनमा सहभागी हुन महासंघले शिक्षकहरुलाई आग्रह गरेकाे छ । उनीहरु माइतीघरमा आन्दोलन जारी छ भन्ने नारा नलाइरहेका छन् ।

    उनिहरुले सरकारलाई पसिनामात्रै नभएर रगत पनि दिन लागेको बताएका छन् । रक्तदान गरेपछि आन्दोलन अगाडि बढाउने उनीहरूको भनाइ छ । 

    तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै देशभरका शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । 



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij