Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पियोर इनर्जीको आइपीओ बाँडफाँट

पियोर इनर्जीको आइपीओ बाँडफाँट

  • काठमाडौं । पियोर इनर्जीको आइपीओ आज बैशाख ११ गते बिहीबार बाँडफाँट सम्पन्न भएको छ ।

    images
    images
    images

    यो आइपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकामा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र स्वीकृत भएको थियो ।

    यसमा गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

    बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका रहेको पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

    आइपीओको नतिजा पियोर इनर्जीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट हेर्न सकिनेछ । यस्तै, मेरोसेयर एपमार्फत पनि आइपीओ नतिजा हेर्न सकिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij