
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार आजबाट गोविन्द घिमिरे औपचारिक रूपमा सम्हाल्नु भएको छ । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएका घिमिरे विगत १६ बर्ष देखि यस एनएमबी बैंकसँग आबद्ध हुनुहुन्छ ।
बैंकको विभिन्न विभाग तथा शाखा समेतको नेतृत्व गर्नु भई कार्य अनुभव हासिल गर्नु भएका गोविन्द घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । उहाँले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिई आउनु भएको छ ।
उहाँको योगदान बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यमा विशेषरूपले महत्वपूर्ण रहँदै आएका छन् ।
उहाँले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यास लाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउनु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij