Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

भारी मात्रामा अवैध चाँदी बरामद

भारी मात्रामा अवैध चाँदी बरामद

  • काठमाडौं । बारा प्रहरीले अवैध चाँदी बरामद गरेको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित वीरगंजबाट तुलसीपुर दाङ जाँदै गरेको बा प्र ३२५६ नम्बरको यात्रु बाहक बसमा अन्दाजी ६ किलो चाँदी फेला परेको हो ।

    images
    images
    images

    चेक जाँच गर्दा बसको क्याभिनभित्र सिट मुनि बेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागि खोली हेर्दा उक्त कार्टुनभित्र लुकाई छिपाई राखिएको चाँदी जस्तो देखिने रेडिमेट गहना फेला परेको प्रहरीले जनाएको छ ।

    images

    उक्त चाँदीको अनुमानित मूल्य १० लाख ८० हजार हुने प्रहरीको भनाइ छ। यस विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij