Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

तातो हावाको लहर चल्नसक्ने : महाशाखा

तातो हावाको लहर चल्नसक्ने : महाशाखा

  • काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय गर्मी बढ्दै  गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई  सतर्कता अपनाउन  महाशाखाले आग्रह गरेको हो । 

    images
    images
    images

    पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ । विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए । ‘मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्री बढी तापक्रम मापन गरिएको छ,’ उनले भने, ‘२ दिन तापक्रम बढ्ने नै देखिन्छ । तातो हावाको लहर चल्न सक्छ सतर्कता अप्नाउनुहोला ।’

    नेपालमा पछिल्लो समय तातो हावाको लहर (हिट वेभ) हुनसक्ने सम्भावना बढेर गएको छ । तातो हावाको लहरले मानिसलाई मृत्युसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ । तातो हावाको लहर चल्यो भने सुरुमा शरीर चिलाउने, साना बिमिरा देखिने समस्या हुनसक्छ । घाउ र बिमिरामा इन्फेक्सन भयो भने घाउ ठुला हुने र खटिरा पनि बन्न सक्ने हुन्छ ।  तातो हावाका कारण खुट्टा सुनिने, रिँगटा लाग्ने र बेहोस पनि हुनसक्ने हुन्छ । रक्तचाप घट्ने लगायतका लक्षण समेत देखिन सक्छ ।

    तातो हावाको लहर चलेमा काम गर्ने व्यक्तिहरूमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने खतरा बढी हुन्छ ।हातखुट्टा बाउँडिने, बढी असर परेमा वान्ता आउने र बान्ता फोक्सोमा पुग्यो भने मानिसको मृत्यु समेत हुनसक्ने चिकित्सकहरू बताउँछन् । तातो हावाको लहर चलेका बेलामा शीतल ठाउँमा बस्नु नै यसको उपयुक्त उपचार हो।

    प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने  लगायतका उपायबाट पनि यसबाट जोगिन सकिन्छ । कुनै व्यक्तिलाई त्यसको असर देखिएको छ भने तातो स्थानबाट चिसो ठाउँमा राख्ने, मसाज गर्ने, जीवनजल खुवाउने, खुट्टामा असर परेका बेला खुट्टा उठाएर चिसो ठाउँमा राख्दा पनि असर कम हुँदै जान्छ । यति हुँदा पनि कम भएन भने चिकित्सकको निगरानीमा उपचार गराउनुपर्ने जानकारहरू बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij