Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्वोच्च पुगिन निकिता !

सर्वोच्च पुगिन निकिता !

  • काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार रवि पत्नी निकिता पौडेलले सर्वोच्च पुगेर रिट दर्ता गरेको रास्वपाले जनाएको छ ।

    AGNI GROUP

    गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई सहकारीको रकम ठगी आरोपमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै उनी कारागार चलान भएका छन्। उक्त आदेशविरुद्ध निकिता सर्वोच्च पुगेकी हुन् ।

    बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

    रास्वपाले पक्राउ पुर्जी बिना नै लामिछानेलाई नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij