Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘जुनसुकै तन्त्रसँग लड्ने, तर लुटतन्त्रलाई भने निस्तेज पारेरै छाड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार पार्टीको केन्द्रीय समितिको पहिलो बैठकपछि सम्बोधन गर्दै उनले सरकारविरुद्ध कडा आक्रोश पोखे । “ममाथि झुटा मुद्दा लगाइयो, दुई तिहाइको सरकारले मलाई जिउँदै छाडेको छ, यो नै मेरो जित हो,” उनले भने, “शरीरमा एक थोपा रगत रहुन्जेल लुटतन्त्रको विरोधमा उभिन्छु ।”
लामिछानेले लुटतन्त्रविरुद्ध खबरदारी गर्न आफू कहिल्यै पछि नहट्ने दृढता व्यक्त गरे । “म शान्त थिएँ, तर सरकारले यसको फाइदा उठायो,” उनले थपे ।
उनले जनताको आक्रोश बढ्दै गएको बताउँदै त्यसलाई चिर्न ‘घण्टी’ बजाएको उल्लेख गरे । “तर, यी नेताहरू घण्टी बिगार्न उद्यत छन्,” उनले आरोप लगाए ।
सभापति लामिछानेले संसद्मा सशक्त प्रतिपक्षको आवश्यकता रहेको औँल्याउँदै लुटतन्त्रविरुद्ध निरन्तर सङ्घर्ष गर्ने सङ्कल्प दोहोर्याए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij