Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

गाडीको ठक्करबाट सरसफाइ कर्मचारीको मृत्यु

गाडीको ठक्करबाट सरसफाइ कर्मचारीको मृत्यु

  • काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकामा सरसफाइ गर्ने एक कर्मचारीलाई आइतबार बिहान गाडीले ठक्कर दिँदा ज्यान गएको छ ।

    images
    images
    images

    सरसफाइको लागि बिहान कार्यालय तर्फ जाँदै गर्दा प्रदेश १–००१ च ८८२१ नम्बरको योद्धा गाडीले ठक्कर दिँदा कमलामाई नगरपालिका–१२ का ३५ वर्षीय शेरबहादुर खपाङ्गीको ज्यान गएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार साइकलमा सवार खपाङ्गी लाई झापा बाट काठमाडौँ जाँदै गरेको गाडीले कमलामाई नगरपालिका–६ रातमाटा घुम्ती नजिक ठक्कर दिएको थियो । गाडीको ठक्कर बाट घाइते खपाङ्गीलाई उपचारको लागि सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । 

    गाडी र चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ । घटनाको थप अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij