
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । राजावादी समूहको हिंसात्मक आन्दोलनका क्रममा आगलागीमा मारिएका पत्रकार सुरेश रजकसहित सञ्चारगृह तोडफोडको विरोधमा सुनसरीको इटहरीमा पत्रकारहरूले प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरी शाखाको अगुवाइमा पत्रकारहरूले इटहरी उपमहानगरपालिकाअगाडि भेला भएर बजार परिक्रममा गरेका हुन् । पत्रकारहरूले प्रदर्शनपछि आयोजित शोकसभामा मारिएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्न र उनको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै दोषीलाई कारबाही गर्न दबाब दिए ।
साथै, अन्नपूर्ण, कान्तिपुर लगायत सञ्चारगृहमा तोडफोड गर्ने र हिमालय टिभीको सवारीसाधनमा क्षति पुर्याउनेलाई पनि कारबाही गर्न माग गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij