
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर हाल बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न सक्नेछन् ।
सेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको सेयर र सोको मूल्य समेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । तोकिएको ३५ दिनभित्र संस्थापकबाट आवेदन प्राप्त नभएको खण्डमा भने सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने बैंकले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij