
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । मोरङको सुन्दरहरैँचा-७ स्थित पूर्वपश्चिम राजमार्गमा चारवटा सिलिन्डर बम फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा मालती पुलनजिकै सडकमा गाडिएको अवस्थामा चारवटा सिलिन्डर बम फेला परेको प्रहरीले जनाएको छ ।
बम रहेको सूचना आएपछि खटिएको प्रहरीले आज बिहान ८ बजेदेखि यातायात आवागमन रोकेर खोजी गरेकोमा चारवटा बम फेला पारेको प्रहरीको भनाइ छ ।
नेपाली सेनाको टोलीले बम नष्टको तयारी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
राजमार्गमा गाडिएको अवस्थामा भेटिएका बम द्वन्द्वकालकै भएको हुनसक्ने उनको भनाइ छ । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij