Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौंको कोटेश्वरबाट प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। आइतबार कोटेश्वरको ब्लिसफुल होटलको एउटा कोठाबाट पेस्तोलसहित एक युवकलाई पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार पक्राउ पर्नेमा काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का छन्।
उनलाई होटलको कोठानम्बर ४०१ बाट पेस्तोल त्यसमा लाग्ने ९ राउन्ड गोली सहित पक्राउ गरिएको एसएसपी रेग्मीले जानकारी दिए। पक्राउ परेका खड्कामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij