Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ : भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपैयाँ बराबरको विभिन्न औषधि सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका ४ का ४१ वर्षीय प्रेमबहादुर नेपाली छन्। कपिलवस्तुको कृष्णनगर नगरपालिका २ लिंकगेटमा चेक जाँच गर्ने क्रममा औषधि व्यवस्था विभागको औषधिजन्य चिजवस्तु ओसारपसार गर्ने इजाजतपत्र नलिई बोरामा हालेर औषधि ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नेपालीलाई थप कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार पठाइएको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij