Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • काठमाडौँ : सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
     
    ईश्वरपुर नगरपालिका ७ बयलबास बबरगंजस्थित सडकमा बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल र ना ३९ प ७१६८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना भएको हो।
     
    दुर्घटनामा ना ३९ प ७१६८ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका १० बस्ने ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको सिद्धिबिनायक अस्पताल बयलबास हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको लागि लगिएको थियो।
     
    मलंगवामा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल चालकको सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भइरहेको छ। 

     

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij