Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अजरबैजान एयरलाइन्सको विमान कजाकस्तानमा दुर्घटना

अजरबैजान एयरलाइन्सको विमान कजाकस्तानमा दुर्घटना

  • कजाकस्तानको आक्टाउ शहरमा बुधबार एउटा यात्रु विमान दुर्घटना भएको छ। प्रारम्भिक विवरण अनुसार यस दुर्घटनामा केही मानिस हताहत भएको आशंका गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय अधिकारीहरूका अनुसार विमानमा ६७ जना सवार थिए। विमान दुर्घटनाको कारण हालसम्म खुलेको छैन। कजाकस्तानको आपतकालीन मन्त्रालयले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जानकारी दिएको छ। समाचार संस्था रोयटर्सले रुसका समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै  अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा परेको जनाएका छन् ।

    AGNI GROUP

    यो विमान बाकुबाट रूसको चेचन्याको ग्रोज्नी जाँदै थियो। तथापि, अत्यधिक कुहिरोका कारण विमानको मार्ग परिवर्तन गरिएको थियो। अजरबैजान एयरलाइन्सले भने घटनाका बारेमा अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij