Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चन्द्रागिरिका मेयर गिरी र जापानी कार्यवाहक राजदूत ताकाहिरोसहित दूतावासका उच्च पदस्थ पदाधिकारीको भेटवार्ता

चन्द्रागिरिका मेयर गिरी र जापानी कार्यवाहक राजदूत ताकाहिरोसहित दूतावासका उच्च पदस्थ पदाधिकारीको भेटवार्ता

  • चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोसहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार भएको सो भेटवार्तामा उनीहरूबीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए रगरेका कामका बारेमा राजदूतलाई सङ्क्षिप्त जानकारी गराएका थिए ।

    AGNI GROUP

    उनले नगरपालिकाबाट भइराखेको फोहरमैला व्यवस्थापन, खानेपानी , रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराएका थिए । सो अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरीसहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिए ।

    उनले नगरपालिकाका अन्य क्षेत्रमा पनि हुनसक्ने साथ र सहयोगको लागि जापान सरकार तयार रहेको जानकारी दिए । सोही अवसरमा  कार्यवाहक राजदूत ताकाहिरोले नगरपालिकाद्वारा आयोजित स्थानीय उत्पादन प्रदर्शनीको अवलोकन गरेका थिए ।

    सो अवसरमा नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी,  वडाध्यक्षहरू नरेन्द्र श्रेष्ठ, घनश्याम लुइँटेल, प्रल्हाद रिजाल, श्रीकृष्ण खत्री एवं शिक्षा शाखा प्रमुख सुजन खनाल, प्रशासन प्रमुख दामोदर रिजाल लगायतको सहभागिता रहेको थियो । नगरपालिकाद्वारा प्रवर्द्धन गरिएका स्थानीय उत्पादन प्रदर्शनीमा हस्तकला, काष्ठकला,खानाका परिकार लगायत राखिएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij