Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज सुनचाँदीकै मूल्य घट्यो

आज सुनचाँदीकै मूल्य घट्यो

  • आज सुनको मूल्य केही घटेको छ। हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ घटेको हो।
    आज सुनको मूल्य एक लाख ४९ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार आठसय रुपैयाँ थियो।

    onlinepatrika
    Arghakhachi

    गएको आइतबार प्रतितोला ११ सय र सोमबार दुईसय रुपैयाँ बढेर सुनको मूल्य तोलाको एक लाख ४९ हजार आठसय पुगेको थियो। आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ। हिजो तोलाको एक हजार आठसय पाँच रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलाको एक हजार आठसय कायम भएको हो।

    AGNI GROUP

    गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij