Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरबाट दावा तामाङलाई विशेष सम्मान गरिएको छ । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिकाका तामाङले वि.सं.२०७२ साल देखि नेपाल प्रहरीको सहकार्यमा निरन्तर उद्धार कार्यमा जुट्दै आइरहेका छन् ।
फुल्चोकी जंगलमा वनभोज, पदयात्रा तथा घुमफिर, भ्रमण गर्ने पर्यटक एवं नागरिकहरु जंगलमा हराउने, बेपत्ता हुने, बाटो बिराउने एवं विपदमा परिरहेको अवस्थामा उद्धार कार्यमा खटी करिब ६२ जना भन्दा बढी आम नागरिकहरुको सफल उद्धार कार्य गरिसकेका छन् ।
एक जिम्मेवार नागरिकको हैसियतले महत्वपूर्ण योगदानको सम्मान स्वरुप सम्मानित गरिएको परिसर प्रमुख एसएसपी शेखर खनालले बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij