
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालत लगिएको छ । लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । अनुसन्धान अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको हो ।
लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अभियोजन गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij