Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आय विवरण दाखिला गर्ने म्याद थपियो

आय विवरण दाखिला गर्ने म्याद थपियो

  • काठमाडौं । आन्तरिक राजस्व विभागले आय विवरण दाखिला गर्ने म्याद थप गरेको छ । विभागले एक सूचना जारी गर्दै आगामी पौष मसान्तसम्म म्याद थप गरेको जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    ‘वार्षिक कारोबार एक करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरूले आ.व.२०८०/०८१ को आय विवरण पेश गर्ने म्याद थप माग गरेमा आन्तरिक राजस्व विभागको इन्टरेटेड ट्याक्स सिस्टमबाट अटोमेटिकल्ली २०८१ पौष मसान्तसम्म म्याद थप हुने व्यहोरा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।

    AGNI GROUP

    आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको र ऐन बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिब माफिकको कारण भएमा विभागले एकै पटक वा पटक पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ । ऐनमा उल्लेखित व्यवस्था बमोजिम हाल विभागको कम्प्युटर प्रणाली ‘इन्टरगेटेड ट्याक्स सिस्टम’मा करदाताले बढीमा तीन महिनासम्मको म्याद थप माग गरेमा स्वचालित रूपमा म्याद थप हुने व्यवस्था रहेको छ ।

    यसअघि विभागको गएको असोज ४ गतेको निर्णयअनुसार वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरू र कारोबार भएका निकायहरूको सम्बन्धमा मंसिर मसान्तसम्म र वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताहरूको सम्बन्धमा पौष २० गतेसम्म आय विवरण पेश गर्न पाउने भनी म्याद थप गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij