Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

कीर्तिपुरका नवनिर्वाचित मेयर र वडाध्यक्षले शपथ लिँदै

कीर्तिपुरका नवनिर्वाचित मेयर र वडाध्यक्षले शपथ लिँदै

  • काठमाडौं । कीर्तिपुर महानगरपालिकाका ननिर्वाचित प्रमुख (मेयर) र दुई वडाअध्यक्षले आज (मंगलबार) पद तथा गोपनीयताको शपथ ग्रहण लिँदैछन् ।

    images
    images
    images

    शपथ कार्यक्रम आज दिउँसो २ बजे कीर्तिपुर नगरपालिकाको सभाहलमा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार ३३४ मत प्राप्त गरी विजयी भएका छन् । सोमबार राति सकिएको मतगणनामा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गरे ।

    यस्तै, नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले चार हजार ३२७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ले दुई हजार ३६ मत पाए । कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत पाए ।

    यसैगरी वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए । उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत पाइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij