Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुरका बाढीपीडितले अझै पाएनन् राहत रकम

ललितपुरका बाढीपीडितले अझै पाएनन् राहत रकम

  • काठमाडौं । दक्षिण ललितपुरको तीन स्थानीय तहमा गत असोज १२ गतेको बाढीले ठूलो क्षति पु-यायो । एक सय बढी घर विस्तापित भए । बाढीले क्षति पु-याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको रु ५० हजार राहत रकममध्येको पहिलो किस्ता रु २५ हजारसमेत पीडितले प्राप्त गरेका छैनन् ।

    images
    images
    images

    ललितपुर महानगरपालिकाको नख्खु करिडोर, महाङकाल गाउँपालिकाको थोत्ने खोला, कोञ्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकामा बाढीले ठूलो क्षति पु-याएको थियो । थोत्ने खोलाको बाढीले ४८ घर पूर्णरुपमा विस्तापित छन् ।

    दिनानुदिन चिसो बढ्दै गएकाले बासको व्यवस्था गर्न नसकेको पीडितको गुनासो छ ।

    तीन वटै पालिकाको सिफारिसमा क्षति विवरण आएपछि राहत रकम स्वरुप पहिलो किस्ताबापत्को रु २५ हजार प्रदान गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी गराए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij