Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर ।
सहकारी ठगीको आरोपमा थुनामा रहेका देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंले बैंकबाट ऋण लिदा समेत नक्कली कागजपत्र पेश गरी चुकाएका छन्। कर कार्यालयकै किर्ते बनाई उनले बैंकमा पेश गरेर सवा दुई अर्ब कर्जा लिएका हुन्।
चौलागाई सहित चार जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिखित सम्बन्धी कसुरमा मुद्दा चलाएको छ। उनीहरुले पूजा मार्केटिङ, पूजा ट्रेडिङ र थ्री बद्रर्शको नाममा करच उताको नक्कली प्रमाणपत्र बनाएका थिए। तिनै पत्र तत्कालीन सेन्चुरी बैंकमा पेश गरी २ अर्ब ३० करोड ८१ लाख रुपैयाँ कर्जा लिएको भेटिएको छ।
उनीहरू विरुद्ध लिखित किर्ते मुद्दा दायर भएको सीआईबीका एसपी होमेन्द्र बोगटीले बताए। 'उनीहरू विरुद्ध पहिला नै सहकारी ठगी मुद्दा दायर भइसकेको छ।' उनले भने, ` बैंकमा पेश गरिएको कतिपय कागजपत्र किर्ते देखिएपछि त्यसमा छुट्टै मुद्दा चलाएका हौँ।´
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij