Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पाथीभरा क्षेत्रमा हिमपात

पाथीभरा क्षेत्रमा हिमपात

  • काठमाडौं । ताप्लेजुङको पाथीभराधाम क्षेत्रमा यो वर्ष पहिलोपटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यो क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ ।

    images
    images
    images

    हिमपातसँगै मौसम अझै चिसो बनेको छ । हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको संख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।
    पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण मानिने स्थान भएकाले हिउँ परेको समयमा यो क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ ।

    तीन हजार ७९४ मिटरको उचाइमा पर्ने उक्त मन्दिर क्षेत्रमा हिमपातका कारण यातायातमा समस्या नआए पनि चिसोबाट जोगिन तीर्थयात्रीले सतर्कता अपनाउनुपर्ने पाथीभरा क्षेत्र विकास समितिले सुझाव दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij