Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • काठमाडौं । काठमाडौँ जिल्ला अदालतले दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपका लागि अदालत उपस्थित गराइएकाे थियाे । हिजो भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएकाे थियाे । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजोे नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो ।

    images
    images
    images

    सोमबार प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र कीर्ते गरिएका कागज सार्वजनिक गरेका थिए ।

    प्रधानमन्त्री ओलीमाथि सघन आरोप लगाएपछि पक्राउ परेका प्रसाईँमाथि कीर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान हुने सीआईबीका एसपी तथा प्रवक्ता होबिद्र बोगटीले जानकारी दिए । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij