Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानन्यायाधीश राउतले लिए शपथ !

प्रधानन्यायाधीश राउतले लिए शपथ !

  • काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश राउतलाई शपथ गराएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    AGNI GROUP
    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वाेच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
     
    राष्ट्रपति पौडेलले राउतलाई आज बिहान प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij